Wednesday, February 21

Tag: ध्यान

ध्यानका ४ फाइदा
स्वास्थ्य

ध्यानका ४ फाइदा

काठमाडौं : ओशोका अनुयायीले किन ध्यान गर्छन्, यसमा धेरैको जिज्ञासा होला । वास्तवमा ध्यान विचारसिद्धिको अवस्था हो । ध्यान कुनै वस्तुप्रतिको एकाग्रता भने होइन । यो आफैँमा विश्राम पाउने एउटा प्रक्रिया हो । ओशो दर्शनअनुसार यस (ध्यान) लाई सक्रिय ध्यान पनि भनिन्छ । यसभित्र योग, प्राणायाम (श्वासप्रश्वासको अभ्यास) आदि पर्छन् । अब जानौँ ध्यान गर्दाका फाइदा– मनमा शान्ति ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर र चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै, आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ । तनाव व्यवस्थापन भौतिक जीवनबाट हुने हरेक किसिमको तनावलाई ध्यानको माध्यमले सजिलै व्यवस्थापन गर्न सकिन्छ । यसका कारण हुने स्वास्थ्य समस्याबाट समेत बच्न सकिन्छ । ध्यान गर्दा आफ्नो मस्तिष्कलाई आफैँले एकाग्र गरिने हुनाले व्याकुलता, ईष्र्या तथा...