Wednesday, April 17

Tag: धरहरा

धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै कति समय लाग्ला ?
समाज

धरहरा चढेर काठमाडौं सहर नियाल्न अझै कति समय लाग्ला ?

धरहरा चढेर काठमाडौं सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत ११ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ । उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । चौथो पटक थप समयको म...