Saturday, April 20

Tag: देव गुरुङ

‘सयौँ राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसक्यो’
समाचार

‘सयौँ राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसक्यो’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई नभई उसका गैहकानुनी गतिविधिमाथि मात्रै नियन्त्रण गरेको स्पष्ट पारेका छन्। शुक्रबार रिपोर्टस क्लवको साक्षात्कारमा बोल्दै एवम् स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले विदेशी शक्तिहरुबीच टकराव चलिरहेका बेला आन्तरिक द्वन्द्वमा हिजोकै तरिकाले जान खोजियो भने देशकै अस्तित्व समाप्त हुने चेतावनी समेत दिए। उनले राजनीतिक रूपले समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए। प्रजातन्त्रका लागि गरिएको संघर्ष र अहिलेको अवस्था भिन्न रहेको भन्दै उनले विगत र वर्तमानलाई तुलना नगर्न आग्रह गरे। उनले भने 'कुनै व्यक्ति, समूह वा पार्टीको गैरकानूनी गतिविधि हुन्छ भने त्यसलाई राज्यले नियन्त्रण गर्छ।' कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भ्रष्टाचा...