Saturday, April 20

Tag: दूध

चितवन बन्यो दूधमा आत्मनिर्भर जिल्ला
समाचार

चितवन बन्यो दूधमा आत्मनिर्भर जिल्ला

चितवन : चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उनले बताए। कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको न्यौपानेको भनाइ छ । चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले बताए। जिल्लामा उत्पादन भएको आधा दूधले यहाँको जनसङ्ख्यालाई पुग्ने बगालेको जिकिर छ । जिल...
दूध कसले र कति खाने ?
शिक्षा, स्वास्थ्य

दूध कसले र कति खाने ?

दूधलाई प्राचीन खाद्यपदार्थका रूपमा लिइन्छ । यो निकै पोसिलो खाद्यपदार्थ हो । जुन कुरा प्रमाणित पनि भइसकेको छ । यसबाट प्रोटिन, क्याल्सियम, भिटामिन, क्यलोरिज र फ्याट पाइन्छ । यसका कैयौँ फाइदा हुँदाहुँदै पनि स्वस्थ मान्छेले भने दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । किनभने दूधका पनि केही बेफाइदा छन् : कसले खाने ? बढ्दो उमेरका बालबालिकाका लागि दूध अनिवार्य खाद्यपदार्थ हो । त्यस्ता बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ । कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ । कसले नखाने ? स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युट्रेसनको समस्य...
के दूध पिउँदा हाम्रा हड्डी साँचै बलिया हुन्छन् त ?
प्रमुख समाचार, स्वास्थ्य

के दूध पिउँदा हाम्रा हड्डी साँचै बलिया हुन्छन् त ?

हामीहरूमध्ये प्राय सबैलाई बाल्यकालमा बहियो र मजबुद हड्डीका लागि दूध पिउन पर्ने बताइएको हुन्छ। तर, दूध पिउँदा हड्डी बलिया हुन्छन् भन्ने सम्बन्ध जति सरल लाग्छ त्यति नै जटिल पनि छ। दूध र हड्डीको सम्बन्धलाई बुझ्नका लागि सन् १९९७ मा हावर्ड युनिभर्सिटीले ७७ हजार महिलामाथि अनुसन्धान गरेको थियो। यी महिलाहरूको खानापानको १० वर्षसम्म अध्ययन गरियो। अध्ययनका क्रममा जुन महिलाले हप्तामा एकपटक वा त्यो कम दूध पिउने र जुन महिलाले हप्तामा तीन पटक वा सोभन्दा धेरै दूध पिउँथे उनीहरूको हड्डी फ्याक्चर हुने संख्यामा कुनै प्रकारको फरकपन भेटिएन। यही टिमले यस्तै अर्को अध्ययन तीन लाख ३० हजार पुरुषहरूमाथि पनि गरेका थिए। र यहाँ पनि हड्डी फ्याक्चर हुने विषयमा दूध पिउनुको कुनै सम्बन्ध भेटिएन। सन् २०१५ मा न्युजिल्यान्डको एक टिमले दूधको असर पत्ता लगाउनका लागि एउटा ट्राइल गरे। जसमा केही व्यक्तिको खानामा क्याल्सियम तत्त्व...