Friday, February 23

Tag: दीपिका पादुकोण

दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने
मनाेरञ्जन

दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने

मुम्बई : दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने चर्चा लामो समयदेखि चलेको थियो। अब यो चर्चाले मूर्त रूप लिन लागेको छ। यो जोडी निर्देशक नाग आश्विनको फिल्ममा देखिने पक्का भएको हो। दीपिकाले इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो खबर साँचो भएको जानकारी दिएकी छन्। दीपिका र प्रभासका फ्यानका लागि यो खुसीको कुरा हो। विजयन्ती मुभिजले उनीहरूका फ्यानलाई तयार रहन भनेको थियो। विजयन्तीले ट्विट गर्दै आइतबार ठूलो सरप्राइजको पर्दा हट्ने उल्लेख गरेको थियो। यसपछि यो खबर प्रभास, निर्देशक नाग आश्विन र प्रभाससहित २१ लाई ट्याग गरिएको थियो। उनले सोसल मिडियाबाट दीपिका र प्रभास सँगै काम गर्ने घोषणा गरेका छन्। यो फिल्मका बारेमा निर्देशक नाग आश्विनले भने, ‘म दीपिकाले यो भूमिका निर्वाह गरेको हेर्न धेरै उत्साहित छु। यस्तो रोल यसअघि कुनै पनि मेन स्ट्रिम कलाकारले गरेका छैनन्। यो सबैका लागि ठूलो सरप्राइज हुने...
के दीपिका गर्भवती छिन्?
मनाेरञ्जन

के दीपिका गर्भवती छिन्?

भारतीय अभिनेत्री दीपिका पादुकोण एसिड आक्रमणको शिकार बनेकी युवतीको भूमिकामा छपाकमा देखिँदै छिन्। अहिले फिल्मको धमाधम सुटिङ भइरहेको छ। उनी फिल्ममा एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको भूमिकामा देखिने छिन्। अहिले फिल्म निर्माण सेटका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने सुटिङ सेटबाटै बाहिरिएको एउटा भिडियो फुटेज पनि सामाजिक सञ्जालमा तीव्ररूपमा शेयर भएको थियो। यसो त विवाहपछि दीपिकाको यो पहिलो फिल्म हो । दीपिका र रणवीर सिंहको विवाह गत वर्ष १४–१५ नोभेम्बरमा भएको थियो । तर विवाह भएको केही समयपछि नै दीपिका गर्भवती भएको खबर आएको थियो । हालै एक मिडियासँग उनले यस्तो हल्लाबारे बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो कुरा जब हुनुपर्छ भन्ने लाग्छ, तब हुनेछ ।’ दीपिकाले विवाहपछि महिलालाई गर्भवती हुने दबाब दिन आवश्यक नरहेको बताइन् । गर्भवती एकदिन हुने नै भएकाले बारबार यसबारे बेलिरहनु गलत भएक...