Wednesday, February 21

Tag: दिमाग

दिमाग तेज बनाउन स–साना व्यायाम नै उपयुक्त
स्वास्थ्य

दिमाग तेज बनाउन स–साना व्यायाम नै उपयुक्त

काठमाडौं । पछिल्लो समय नेपालमा पनि दैनिक शारीरिक ‘एक्सरसाइज’ गर्ने फेसन नै चलेको छ । कतिपय ‘हेल्थ क्लब’, ‘जिम’ जान थालेका छन् त कतिपयले घरमै एक्सरसाइज (व्यायाम) गर्ने गरेका छन् । मानिसहरुले यसमा लगानी गर्न थालेका छन् । यसको सीधा अर्थ हो– मानिसमा स्वास्थ्य चेतनाको वृद्धि । भनिन्छ– स्वस्थ शरीरमा नै स्वस्थ मन र मस्तिष्कको बास हुन्छ । स्वस्थ खानेकुरा र लाइफस्टाइलले मात्र मानिसलाई फिट राख्दैन, नियमित व्यायाम पनि उत्तिकै जरुरी छ । एउटा नयाँ अध्ययनले के पुष्टि गरेको छ भने, मानिसले स–सानो अर्थात् समय मिलेका बखत बीचबीचमै एक्सरसाइज गर्दा मस्तिष्कले राम्ररी काम गर्छ । यसले ‘ब्रेन फङ्क्सन इम्पु्रभ’ हुन्छ । वैज्ञानिकहरुको एक टोलीले मुसामाथि यस्तो अध्ययन गरेको थियो । यसबाट दैनिक ससानो व्यायाम गर्ने वा समय मिल्दा बीचबीचमै एक्सरसाइज गर्दा जिन एक्टिभेट हुन्छ, यसले उक्त जिन र ब्रेन (दिमाग)को हिप्पोक्याम्प्स...