Saturday, April 20

Tag: दक्षिण कोरिया

दक्षिण कोरियामा नेपालीले राहतस्वरूप एक लाख वन पाउने
समाचार, समाज

दक्षिण कोरियामा नेपालीले राहतस्वरूप एक लाख वन पाउने

दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो । राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसावाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहानगर पालिका वा वडा कार्यालयबाट अनलाइन वा अफलाइन फर्म भरेपश्चात आफ्नो ठेगानामा एउटा ‘ईन्छन इयोङ कार्ड’ सपिङ कार्ड प्राप्त हुनेछ । जुन कार्डबाट नगद निकाल्न भने पाइने छैन । यसबाट ईन्छन उपहानगर पालिकाभित्र रहेका सपिङ मलहरूबाट एक लाख कोरियाली वन बराबरका सामान किनमेल गर्न सकिन्छ । गत डिसेम्बर दोस्रो ह...
स्नोड्रप्स फेम कोरियाली अभिनेत्री किमको निधन
मनाेरञ्जन

स्नोड्रप्स फेम कोरियाली अभिनेत्री किमको निधन

दक्षिण कोरियाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री किम मी सूको निधन भएको छ । यो खबर सामाजिक सञ्जालमा भाइरल भएसँगै उनका फ्यानमा शोकको लहर छाएको छ । स्नोड्रप्स फेम किम मी सूले २९ वर्षको उमेरमा संसार छोडेकी हुन् । उनले ५ जनवरीमा अन्तिम सास लिइन् । अभिनेत्री किमको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको एजेन्सीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै अभिनेत्री किमको मृत्युको पुष्टि गरेको छ । यससँगै एजेन्सीले अभिनेत्रीका परिवार यतिबेला शोकमा परेकाले अभिनेत्रीका फ्यानहरूलाई उनको मृत्युको कारणबारे कुनै पनि गलत खबरमा ध्यान नदिन वा अन्य कुनै पनि अफवाहमा नलाग्न पनि अनुरोध गरेको छ । उत्कृष्ट अभिनयका कारण उनी परिचित थिइन् । उनी हाई बाई मामा, द स्कूल नर्स फाइल्स र युमीज सेल प्रोजेक्टमा देखिएकी छन् । यसबाहेक उनी पछिल्लो समय स्नोड्रप्सका कारण पनि चर्चामा थिइन् । अभिनेत्रीको यो दक्षिण कोरियाली टिभी सिरिज वि...
कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकियो
समाचार

कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकियो

काठमाडौं । सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ । यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोकेको छ । यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौँ जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए। सो शाखाका अनुसार ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । शाखाका अनुसार सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन परेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन परेको छ । आवेद...
कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव
जीवनशैली

कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव

सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना नेपाली कामदार लैजाने बताइएको छ। यति ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने बताइएका बेला आकर्षक गन्तव्य मानिएको कोरिया जानुअघि कामको प्रकृति र त्यहाँ भोग्नुपर्ने समस्याबारे अवगत हुन सुझाएका छन्। आफूहरूले कोरिया जाँदा एक थरी सोचेको र पुग्दा सोचे भन्दा कठिन भएको भन्दै उनीहरूले त्यहाँ जस्तो काम परी आए पनि गर्नसक्ने हिम्मत राख्नुपर्ने बताएका छन्। शुरूमा धेरै परिश्रम त्यसरी सुझाउनेमध्ये एक हुन् दाङकी मन्जु पन्थी। काठमाडौंस्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी था...