Sunday, July 21

Tag: तालिबान

के हो तालिबान लडाकुको सफलताको कडी ?
प्रमुख समाचार, विश्व

के हो तालिबान लडाकुको सफलताको कडी ?

 ड्याभिड् फक्स/ ज्याक मूर काबुल, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्‌यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने “हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्‌यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन् ।” तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरू...