Thursday, May 23

Tag: तातोपानी

सुत्नअघि मनतातो पानी पिउँदाका फाइदा
जीवनशैली, शिक्षा

सुत्नअघि मनतातो पानी पिउँदाका फाइदा

शरीरलाई स्वस्थ राख्न सबैलाई बढीभन्दा बढी पानी पिउने सल्लाह दिइन्छ । यदि पानीलाई मनतातो बनाएर पिउने हो भने यसको फाइदा धेरै गुणा बढ्न जान्छ । पानीले शरीरलाई हाइड्रेटेड राख्नुका साथै पिसाब बढाउँछ, जसले शरीरबाट अनावश्यक विषाक्त पदार्थ बाहिर निकाल्छ । स्वास्थ्य विज्ञहरूका अनुसार राति सुत्नुअघि दैनिक मनतातो पानी पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा पुग्छ । अध्ययनका अनुसार सबै मानिसले चिसो पानीको सट्टा मनतातो पानी पिउने बानी बसाल्नु पर्छ । राति सुत्नुअघि १ गिलास मनतातो पानी पिउनाले धेरै स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । दुखाइ कम गर्न मद्दत राति सुत्नुअघि मनतातो पानी पिउनाले शरीर हाइड्रेटेड रहन्छ र रक्तसञ्चारमा सुधार आउँछ । यसले कोशिकाहरूलाई पोषण प्रदान गर्दछ र शरीरलाई भित्रबाट ताजा बनाउन कोशिकाहरूबाट विषाक्त पदार्थहरू हटाउन पनि सहयोगी मानिन्छ । अध्ययनहरूले देखाएअनुसार सुत्नुअघि मनतातो पानी पि...