Wednesday, April 17

Tag: तरकारी खेती

आफ्नै बारीको तरकारी बेचेर करोडपति
जीवनशैली

आफ्नै बारीको तरकारी बेचेर करोडपति

प्रेमनारायण आचार्य अर्घाखाँची : 'चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिग्रेको मान्छे भनेर डाहा गर्थे ।  तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन' यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको । घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना कृषक बनेका छन् । सामान्य गरीब परिवारमा जन्मेका ५७ वर्षीय बञ्जाडे जेटिएको सरकारी जागीरसमेत छाडेर तरकारी खेतीमा लागे । अरुको दवावमा काम गर्नुपर्ने, पैसाका लागि महीना दिन कुर्नु पर्ने, चाहिएको बेला घर खर्च नचल्ने भएपछि उनमा जागीर छाडेर कुनै नयाँ काम गर्ने विचार पलायो  । महीना पुगेपछि पाइने तलबको जागीर भन्दा उत्पादनमूलक अर्को पेशा उपयुक्त हुन्छ भन्ने उनलाई लाग्यो । त्यतिखेर थालेको तरकारी खेतीले उनलाई अहिले मासिक लाखौं रुपैयाँको प्रत...
तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय
समाचार

तरकारी खेतीतर्फ आकर्षित हुँदै बोटे समुदाय

तनहुँ : तनहुँको व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रमा बसोवास गर्ने बोटे समुदायका मानिसहरु पछिल्लो समय पुख्र्यौली पेशा छाडेर नदी बगरमा तरकारी खेती गर्न थालेका छन् । मादी र सेती नदीमा माछा मार्ने, ज्याला मजदूरी तथा ठूला नदीहरुमा गई बालुवा धोएर सुन निकाल्ने जस्ता पुख्र्यौली पेशा छाडेर बोटेहरु तरकारी खेतीमा लागेका हुन् । मादी नदीको बगरमा गरिएको तरकारी खेतीबाट दैनिक रु दुईदेखि रु तीन हजारसम्म आम्दानी हुने भएपछि यस खेतीतर्फ बोटे समुदायका मानिसहरु आकर्षित हुँदै गएको स्थानीय कृषक चित्रबहादुर बोटे बताउनुहुन्छ । खोलामा माछा नपाइने, नदी किनारमा अनियन्त्रित रुपमा खोलिएका क्रसर उद्योगले गर्दा सुन नपाइने जस्ता कारणले परम्परागत पुख्र्यौली पेशा धरापमा पर्दै गएकाले तरकारी खेतीतर्फ लागेका हुन् शिक्षा तथा आवश्यक सीप केही नहुँदा लामो समय वैदेशिक रोजागारीमा टिक्न नसकेर सात जना बोटे युवा स्वदेश फर्किएर अहिले त...
विदेशबाट रित्तो हात : स्वदेशमै तरकारी खेतीबाट फलिफाप
प्रमुख समाचार

विदेशबाट रित्तो हात : स्वदेशमै तरकारी खेतीबाट फलिफाप

ध्रुवसागर शर्मा जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेले आम्दानी गर्न थाले । “शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, घिमिरेले भने, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भन...
तरकारीले फेरिएको पहिचान   
जीवनशैली

तरकारीले फेरिएको पहिचान   

–कृष्ण अधिकारी     तनहुँ : एक वर्षअघिसम्म रक्सी बनाएर नारायणगढ बजारमा बिक्री गर्न जानु र फर्कंदा त्यही पैसाले तरकारी, नून, तेल गर्ने गरेकी तनहुँ देवघाटकी जौमाया रानामगरको दैनिकी अहिले फेरिएको छ । अब उनलाई रक्सी बेच्न नारायणगढ जानु पर्दैन, बरु त्यहाँका मानिस उनको घरमा तरकारी किन्न आउने गर्दछन् । उनको बारीमा करेला, घिरौंला, चिचिण्डो, लौकालगायतका तरकारी लटरम्म देख्न सकिन्छ । रक्सी बनाउन चाहिने कोदो लगाउने बारीमा विभिन्न जातका तरकारी खेती गर्न थालेपछि बजारबाट तरकारी किन्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘‘रक्सी बेच्नभन्दा त तरकारी बेच्दैमा बढी आम्दानी भएको छ, इज्जत पनि भएको छ । प्रहरीको आँखा छलेर रक्सी बेच्न जानुपथ्र्यो’’ उनले भनिन्, ‘‘अहिले आफूलाई बढी भएको तरकारी बेचेर घरखर्च धान्न सकेका छौं ।’’ गएको चैतदेखि आजसम्म तरकारी बचेर रु २० हजारभन्दा बढी आम्दानी गर्न सकेको श्रीमान टेकबहादुर मगर बत...
तरकारी खेतीमा रमेका वडा अध्यक्ष
समाचार

तरकारी खेतीमा रमेका वडा अध्यक्ष

कञ्चनपुर : बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्छन् कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्केका वडाध्यक्ष बुढा आफैँ खटिन्छन्। स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उनले उत्पादन गरेको तरकारी बिक्री हुन्छ। तरकारी खरीदकर्तासँग मोलभाउ गर्न उनी पछि पर्दैनन्। बजार दरको जानकारी लिएर मात्रै तरकारी बिक्रीका लागि पुग्छन्। खड्का होटलका सञ्चालक दलबहादुर खड्काले भने, ‘हामीले कम मूल्यमा खरीद गर्न खोजेपनि मोलमोलाई गरेर बजार भाउ लिएरै छाडनु हुन्छ।’ तेस्रो पटक वडाध्यक्षका रूपमा काम गर्दै आएका बुढा समाजका लागि प्रेरणाका स्रोतका रुपमा रहेका छन्। वडाअध्यक्ष आफैँ खेतमा गोरु जोत्नेदेखि तरक...