Thursday, April 18

Tag: डोनाल ट्रम्प

ट्रम्पले मास्क लगाएको फोटो भाइरल
रोचक, विश्व

ट्रम्पले मास्क लगाएको फोटो भाइरल

वासिङ्टन, २९ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाएका हुन् । उनले यसअघि आफूले मास्क नलगाउने बताएका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका छन् । गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आएका थिए । तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टरमार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा स...