Wednesday, February 21

Tag: डायलासिस

मिर्गौला डायलासिस गर्ने औषधिमै कालोबजारी
स्वास्थ्य

मिर्गौला डायलासिस गर्ने औषधिमै कालोबजारी

काठमाडौं : मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारमिा औषधि किन्नुपरेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य वृद्धि गरेपछि बिरामीले बाध्य भएर महङ्गोमा औषधि किनेर डायलासिस गर्नुपरेको गुनासो गरेका हुन् । मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि सिएपिडि फ्युडको मुल्य प्रति प्याकेट रु ४०८ निर्धारण गरेको तर बिक्रेताले रु ४३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिको बढी मूल्य तिर्नुपरेको बताए । ...