Saturday, April 20

Tag: डब्ल्युएचओ

खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्यूएचओ
प्रमुख समाचार, समाचार

खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्यूएचओ

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिका लागि 'खतरनाक' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् । 'यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो । तर, विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,' टेड्रोसले कोभिड-१९ बारेको पत्रकार सम्मेलनमा भने । उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरे । डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने 'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी मानिसले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ । हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं ।' 'हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्सअन्तर्गत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बरभन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्र...