Tuesday, July 16

Tag: टोर्नाडो

बारा र पर्सामा आएको हुरी ‘टोर्नाडो’ भएको विभागको पुष्टि
समाचार

बारा र पर्सामा आएको हुरी ‘टोर्नाडो’ भएको विभागको पुष्टि

काठमाडौं : बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो। विभागले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई स्थलगत रुपमा गरिएको अध्ययन प्रतिवेदन बुझाएको छ। विभागका महानिर्देशक सर्जुकुमार वैद्यले स्थलगत रुपमा पाइएको तथ्य र अन्य प्रमाणका आधारमा सो दिन आएको हुरीको गति ५० किलोमिटरदेखि २०० किलोमिटर प्रतिघण्टा बराबरको रहेको मन्त्री पुनलाई जानकारी गराएका थिए। वर्षा, हिमपात तथा तापक्रमको मात्रै मापन तथा अनुमान गर्दै आएको विभागले हुरीको विषयमा भने कुनै जानकारी नै राखेको थिएन । हुरीको बारेमा अनुमान गर्न नसक्दा बारा र पर्साका २८ जनाको ज्यान गएको थियो। यस्तै ६०० बढी घाइते भएका थिए। पशुचौपाया, अन्नपातमा समेत क्षति पुगेको थियो। विभागको स्...