Wednesday, February 21

Tag: ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकको कठिन जीवनयापन
समाचार

ज्येष्ठ नागरिकको कठिन जीवनयापन

रोल्पा : रोल्पा नगरपालिका–४ का चुडामणि आचार्य ९० वर्ष पुग्नुभयो । दुई श्रीमतीबाट ११ सन्तान छन् आचार्यका । अहिले उहाँ कान्छो छोरासँग बस्दै आउनुभएको छ । छोराछोरी कोही व्यापारी, कर्मचारी, वकिल छन् त कोही शिक्षक । छोराछोरी सबै आ–आफ्नै काममा व्यस्त, उहाँ साँझबिहान परिवारसँगै खाना खाने समयबाहेक अरु बेला बस्दैनन् । उहाँको साहारा भनेकै ‘बेडरुम’ र लौरी हो । “बुढेसकालमा कहिले कता दुख्छ, कहिले कता, हिँडडुल गर्न पनि समस्या हुन्छ, मेरो साहारा, भरोसा जे भने पनि यही हो”, आफूसँगै भएको लठ्ठी देखाउँदै आचार्यले भन्नुभयो । नगरपालिकाभित्रकै ७६ वर्षका धनमाय भनेर चिनिने चिन्तामणि आचार्य पनि अर्को त्यस्तै पात्र हुनुहुन्छ । तीन छोराछोरीका बुबा आचार्यको अहिले हातमुख जोड्ने माध्यम भनेको जजमान थियो । दिनभर टँडिखेलमै बसेर चिना हेरेर उहाँले साँझ–बिहानको छाक टार्नु हुन्थ्यो । तर, अहिले आँखा, कान दुवैले काम गर्न छाडेपछि ...