Thursday, May 23

Tag: ज्याक मा

ज्याक माको ‘बेस्ट बुक’
जीवनशैली

ज्याक माको ‘बेस्ट बुक’

चिनियाँ इ-कमर्स कम्पनी अलिबाबाका संस्थापक तथा तत्कालीन कार्यकारी अध्यक्ष ज्याकमा अध्ययनमा विशेष रुचि राख्छन् । उनी प्रायः दर्शन र सफलताका पुस्तक पढ्छन् । उनलाई मनपर्ने पुस्तक ‘ताओ ती चिङ’ हो । सन् २०१४ मा ज्याक माको अटोबायोग्राफी लेखेका चेन वी भन्छन्, ‘उनी यो पुस्तक सधैँ ब्रिफकेसमा बोकेर हिँड्छन् । लाओत्सेले लेखेको यो पुस्तकलाई ताओ दर्शन, धर्म र नैतिकताको जग मानिन्छ । छैटौँ शताब्दीमा चिनियाँ भाषामा लेखिएको पुस्तकलाई १७औँ शताब्दीमा अंग्रेजीमा अनुवाद गरिएको थियो । ज्याकमा ताओइज्मबाट प्रभावित छन् । उनले छोटो समयमै व्यावसायिक छलाङ मार्नुमा यसले पनि भूमिका खेलेको छ । यस दर्शनले मानिसलाई कसरी सही बाटोमा हिँड्न सिकाउँछ । ‘रिक्तता’ (खाली मस्तिष्क) र ‘खुलापना’को गुणस्तरलाई यसले प्रशंसा गरेको छ । अलिबाबा कम्पनीको कर्पोरेट संस्कृतिमा पनि ताओइज्मको झल्को पाइन्छ । यो कम्पनी पहिले ग्राहकप्रति, दोस्रो आफ...
अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा
विश्व

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

बेइजिङ : विश्वकै सर्वाधिक ठूलो इ–कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन्। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन्। चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका थिए। उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए। उनी अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहनेछन्। ३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ। विगतमा अंग्रेजी शिक्षक रहेका माले सन् १९९९ मा अलिबाबा इ–कमर्श अनलाइन सेवा शुरु गरेका थिए। शुरुमा यो कम्पनीले चिनियाँ निर्यातक र अमेरिकी खुद्रा व...