Wednesday, February 21

Tag: जोरबिजोर

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, अरू के-के नियम फेरिए ?
प्रमुख समाचार

सार्वजनिक सवारीमा जोरविजोर हट्यो, अरू के-के नियम फेरिए ?

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा आज जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन । सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधानले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ । अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशा...