Sunday, July 21

Tag: जेल सजाय

अब स्वास्थ्यकर्मी कुटे ३ वर्ष र आगो लगाए ५ वर्ष जेल सजाय
प्रमुख समाचार, स्वास्थ्य

अब स्वास्थ्यकर्मी कुटे ३ वर्ष र आगो लगाए ५ वर्ष जेल सजाय

अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद सजाय भोग्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो । अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रूपमा चोट पुर्‍याए तीन वर्ष कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना  वा दुवै सजाय हुने व्यवस्था रहेको छ । आगजनी गरे कति जेल सजाय ? यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुप...