Wednesday, April 17

Tag: जेब्राक्रस

जेब्राक्रसमा तेस्रोलिंगीका पीडा, ब्यथा र बेदना
जीवनशैली

जेब्राक्रसमा तेस्रोलिंगीका पीडा, ब्यथा र बेदना

तेस्रोलिङ्गीका पीडा, ब्यथा र बेदना समेटिएको उपन्यासकार तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’को यहाँ परिचर्चा भएको छ । पोखरेली साहित्यकारको अभियान ‘पुछारसिटे अभियान’द्वारा यहाँ आज आयोजित कार्यक्रममा साहित्यकारले जेब्राक्रसमा समेटिएका विविध पक्षलाई खोतल्ने प्रयास गरे । साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग (तेस्रोलिङ्गी) को पीडालाई उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको बताउनुभयो । सामाजिक एवं कानूनी दुवै क्षेत्रबाट तेस्रोलिङ्गीप्रति हुने दुव्र्यवहार र गलत धारणालाई अन्त्य गर्ने कार्यमा सिङ्गो समाज एक भएर लाग्नुपर्ने कुरा पुस्तकमा मूल विचारका रूपमा प्रस्तुत भएको उहाँको भनाइ छ । समाजमा तेस्रोलिङ्गीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामकरण नै ‘जेब्राक्रस’ राखिएको हुनसक्ने सङ्केत गर्दै उहाँले गम्भीर विषयलाई सरल शैलीमा प्रस्तुत गरिएको उल्लेख ग...