Wednesday, April 17

Tag: जेफ मोनाहोन

भारतका रोबिन र अमेरिकाका जेफ फिल्म लेख्न सिकाउँदै
मनाेरञ्जन

भारतका रोबिन र अमेरिकाका जेफ फिल्म लेख्न सिकाउँदै

काठमाडौं : भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन पटकथा लेखन सिकाउने भएका छन्। नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने कन्फर्म भएको हो। एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्याशालाका लागि दुवैजना नेपाल आउन तयार रहेको जानकारी दिए। ७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन्। उनले महेशका धेरैजसो फिल्मसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि फिल्म लेखेका छन्। जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन्। ‘नेपाल आउने रहर पहिलादेखि नै थियो। आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्नलाई म साँच्चिकै उत्सुक छु,’ उनले भनेका छन्। जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउन...