Sunday, July 21

Tag: जुवा

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने श्रीमान् उडाउने
समाचार

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने श्रीमान् उडाउने

काठमाडौं । ‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्छिन् ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आम्दानी गर्छिन् तर यसरी दुःख गरी कमाएको पैसाले उहाँको श्रीमान्लाई जुवा खेल्नै पुग्दैन । उनका श्रीमान् रामकृष्ण वानु जुवा खेल्दै गरेको अवस्थामा पटक–पटक पक्राउ परिसकेका छन् तर पनि जुवाको लत हटेको छैन । श्रीमान्को जुवाको लतबाट आजित लक्ष्मी भन्छिन्, “मैले एक छाक मीठो खान र एक सरो राम्रो लुगा लगाउन पाएको छैन । उहाँ जुवामा पैसा सक्नुहुन्छ ।” त्यस्तै पीडा छ अर्की महिला रामकलाको पनि । पकनाजोलमा किराना पसल सञ्चालन गरी दुई सन्तानलाई हुर्काउँदै आएकी छन् उनले । काठमाडौंमा घर भएर पनि भाडामा बस्नुको पीडा...