Sunday, July 21

Tag: जीवन प्रसाईं

जीवन प्रसाईंको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ बजारमा
साहित्य

जीवन प्रसाईंको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ बजारमा

काठमाडौं : हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईंको तेश्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको छ। पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईंले आफ्नो पुस्तक पर्यावरण र संस्कृतिका प्रखर विद्वान डा. तीर्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर विधिवत् सार्वजनिक भएको घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै श्रेष्ठले हाम्रै जीवन, जगत र पाइतालाको संसारसँग यसको सम्वन्ध रहेको उल्लेख गरे। ‘पृथ्वीभरिका जीवात्माको आहाराको मूल श्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,’ वनस्पतिविद् श्रेष्ठले भने, ‘त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपिनसँग जोड्ने काम गरिएको छ।’ यसरी सबैले मानिआएको सर्वोपरि कुरालाई नै टेकेर पुस्तक तयार भएको जानकारी श्रेष्ठले दिए। लेखक सम्बन्धित विषयकै विज्ञ भएकाले उनले लेखेका कुराहरूको ‘रेफरेन्स’ समेत यसमा रहे...