Tuesday, July 16

Tag: जापानी खाना

जापानको लोकप्रिय परिकार ‘रामेन’को स्वाद अब काठमाडौंमै
समाचार

जापानको लोकप्रिय परिकार ‘रामेन’को स्वाद अब काठमाडौंमै

काठमाडौं : काठमाडौंमा जापानिज रेष्टुरेन्ट सञ्चालनमा आएको छ । नेपालीलाई जापानमा बनेको विभिन्न प्रकारका खानाको स्वाद चखाउने उदेश्यले नेपालमा होक्काइदो रामेन हाउसको सुरु भएको हो । होक्काइदो रामेन हाउस प्रालिले काठमाडौंको बूढानिलकण्डस्थित पार्क भिलेज र ठमेलस्थित काठमाडौं गेष्ट हाउसमा एकैसाथ जापानिज रेस्टुरेन्ट सञ्चालनमा आएको हो । यसमा झण्डै २ करोड ७५ लाख खर्च भइसकेको छ । होक्काइदो रामेन हाउसको उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रामेश हाउस प्रालिका अध्यक्ष अर्जुन अधिकारीले जापानिज परिकारको माध्यमबाट नेपाल र जापान बीचको खानपिन तथा जनस्तरको सम्बन्धलाई कसिलो बनाउने बताए । उनले यसले नेपालको उद्योय व्यवसायमा समेत टेवा पुग्ने उनको विश्वास छ । होक्काइदो रामेन हाउस ३ वर्षको प्रयासपछि नेपालमा खुलेको हो । अबको केही वर्षमा देशका विभिन्न भागमा गरी ७ स्थानमा शाखा खोल्ने तयारी भइरहेक...