Saturday, April 20

Tag: जापान

जापान रोजगारी : कात्तिकमा परीक्षा, सीप परीक्षा पनि उतीर्ण गर्नुपर्ने
प्रमुख समाचार

जापान रोजगारी : कात्तिकमा परीक्षा, सीप परीक्षा पनि उतीर्ण गर्नुपर्ने

जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्त...
जापान रोजगारी : अक्टोबर २७ र २८ भाषा र नोभेम्बर ५ र ६ मा सीप परीक्षा
प्रमुख समाचार

जापान रोजगारी : अक्टोबर २७ र २८ भाषा र नोभेम्बर ५ र ६ मा सीप परीक्षा

नेपाली कामदार जापान लैजाने सहमति भएपछि भाषा परीक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ मा काठमाडौंमा भाषा र सीप परीक्षा गराउने भएको छ । भाषा र सीप परीक्षा उत्तीर्ण हुने कामदार छनोटको सूचीमा पर्नेछन् । भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै तोकुतेई गिनोउ (विशेष सीप) भिसामा जापान जाने प्रक्रियाको आरम्भ हुनेछ । जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने घोषणा गरिसकेको छ । जापानले यसरी विदेशी कामदारलाई भित्र्याउन र भैपरी आउने समस्यामा सहयोग पुर्‍याउन विभिन्न संस्थालाई आधिकारिक सम्बन्धन दिएको छ । यस्तो सम्बन्धन प्राप्त गर्नेमा नेपालीले सञ्चालन गरेको ‘एसएमएस कर्पोरेसन’ पनि परेको छ । जापानमा ५ वर्षअघि ३ जना नेपालीको लगानीमा स्थापना भएको एसएमएस कर्पोरेसनले हाकेन एजेन्सी सञ्चालन गर्दै आएकोमा हाल ...
किन रोकियो जापान रोजगारी ?
समाचार

किन रोकियो जापान रोजगारी ?

काठमाडौं : आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो। स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ। कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ। जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन। संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो। जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन। जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ। भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लै...
नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण
प्रमुख समाचार

नेपाली कामदार तत्काल जापान जान नपाउने, यस्तो छ कारण

काठमाडौं : नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसनले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ। भाषा र सीप परीक्षामा उत्तीर्णको जापान सरकारले कुनै पनि रोस्टर तयार गर्दैन। आफूले उत्तीर्ण गरेको सीप र भाषाको प्रमाणपत्रका आधारमा जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारदाताले पठाएको करार सम्झौतापत्रका आधारमा मात्र सम्बन्धित कामदारलाई भिसा उपलब्ध हुन्छ। तर, जापानकै केही गैरनाफामूलक कम्पनीले भने नेपाल सरकारसँग मिलेर सीप र भाषा उत्तीर्ण गर्ने नेपाली इच्छुक कामदारको रोस्टर तयार गरी उनीहरूलाई ...
जापानमा जन्मियो स्याउजत्रो आकारको बालक
रोचक, विश्व

जापानमा जन्मियो स्याउजत्रो आकारको बालक

जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरूले बताएका छन्। ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए। रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन्। चिकित्सकहरूले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए। गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो। जापानमा यो दोस्रो अनौठो घटना हो। यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो। ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो। अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो। अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ। ती बच्चालाई जापानको नागानो बाल अस...
काम लागि जापान जान चाहनेहरूले जान्नैपर्ने कुराहरू
शिक्षा

काम लागि जापान जान चाहनेहरूले जान्नैपर्ने कुराहरू

वैदेशिक रोजगारीको लागि जाँदा त्यहाँको बारेमा सामान्य कुराहरू बुझेर जाँदा राम्रो हुन्छ। उक्त ठाउँको अवस्था¸ मौसम¸ धर्म¸ भाषा तथा नियमहरू जस्ता कुराहरू जानिराख्दा त्यहाँको बसाई सहज र सजिलो हुनसक्छ । यो लेखमा हामीले रोजगारीका लागि जापान जान चाहने नेपालीलाई त्यहाँको बारेमा केही जानकारी दिनेछौँ। सँगै त्यहाँ बस्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा पनि छलफल गर्नेछौँ। जापानमा बस्दा ध्यान दिनुपर्ने कुराहरू ट्रेन तथा बस चदा सधैँ लाइनमा बसेर पर्खने गर्नुहोस्। जापानीहरू ट्रेन तथा बस चढ्दा लाइन लागेर पालैपालो चढ्छन्। ट्रेनमा चढ्दा फोन आएमा सकेसम्म नउठाउनु होस्। ट्रेन वा बसमा चढ्दा फोन ‘म्यानर मोड’ मा राख्नुपर्छ। कुरा नबुझी हाइ नभन्नु होस्। जापानी भाषामा ‘हाइ’ भनेको हो, हजुर अथवा अंग्रेजीमा ‘एस’ भन्ने अर्थ हुन्छ। यसले अप्ठ्यारोमा पार्न सक्छ। जापानीहरू एकदम समयको पक्का हुन्छन्। त्यसैले समयको एकदम ख्या...
जापान रोजगारी : पहिलो प्राथमिकतामा केयर गिभर र क्लिनिङ
प्रमुख समाचार

जापान रोजगारी : पहिलो प्राथमिकतामा केयर गिभर र क्लिनिङ

काठमाडौं । नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी (एमओसी) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन्। जापानको रोजगार दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन्। नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षोत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाइ क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जापानमा वृद्धवृद्धा तथा अशक्त नागरिकको स्याहारसुसारका लागि जनशक्तिको बढ्दो अभाव रहेका कारण यस क्षेत्रमा काम गर्न सक्ने नेपाली युवा खोज्दै जापानी रोजगारदाता नेपाल आउन थालेको छन्। यो ख...