Sunday, July 21

Tag: जागिर

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षकका लागि खुलायो विज्ञापन
समाचार, समाज

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षकका लागि खुलायो विज्ञापन

  शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।...
रेडियो नेपालले माग्यो ३९ कर्मचारी
प्रविधि, समाचार

रेडियो नेपालले माग्यो ३९ कर्मचारी

रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो प्रसार सेवा विकास समितिले ३९ पदको स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । विज्ञापनअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। त्यस्तै, १-१ जना व्यापार अधिकृत, कार्यक्रम अधिकृत, गायन/वाद्य संयोजक, सम्पादक (नेपाली), संवाददाता, प्रधान सहायक, लेखापाल र वरिष्ठ व्यापार सहायकका लागि पनि विज्ञापन आह्वान भएको छ। रेडियो नेपालले ७ जना वरिष्ठ प्राविधिक सहायक र २ वरिष्ठ कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरेको छ। १/१ वाद्यवादक, समाचार वाचक (नेपाली), कार्यालय सहायक, सहायक लेखापाल र कार्यक्रम सहायकका लागि विज्ञापन आह्वान गरिएको छ। रेडियो नेपालले १० जना प्राविधिक सहायक पनि माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने छन्। यसबारे ...
लोकसेवाद्वारा विशेष कार्यतालिका सार्वजनिक, १५ जेठमा खुल्दै ८ हजारलाई जागिर
प्रमुख समाचार

लोकसेवाद्वारा विशेष कार्यतालिका सार्वजनिक, १५ जेठमा खुल्दै ८ हजारलाई जागिर

काठमाडौं : लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका पदको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गर्दै जेठको तेस्रो बुधबार खुलातर्फको पदपूर्तिको विज्ञापन आह्वान गरिने जानकारी दिएको छ । कार्यतालिकाअनुसार चौथो, पाँचौं, छैटौं र नवौं तहसम्मका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गरिनेछ । आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार हाल खुला प्रतिस्पर्धाका आधारमा लिइने पदका लागि मात्रै विज्ञापन आह्वान गर्न लागिएको हो । आन्तरिक प्रतिस्पर्धाका लागि भने छिट्टै...