Friday, February 23

Tag: जवान

सधैं जवान देखिने २० प्राकृतिक सूत्र
शिक्षा, स्वास्थ्य

सधैं जवान देखिने २० प्राकृतिक सूत्र

१. दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ । २. हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईंको छालालाई ताजा र स्वस्थ देखाउँछ । ३. हेयरस्टायललाई सधैँ नयाँ लुक दिनुहोस् । तपाईंले १० वर्षअघि जस्तो हेयर स्टाइल बनाउनुहुन्थ्यो, अहिले पनि त्यस्तै बनाउनुहुन्छ भने सोच्नुहोस् र परिवर्तन हुर्नुहोस् । फेसन र स्टायल परिवर्तन भइरहन्छन् । तर, धेरै मानिस आफ्नो जीवनको अधिकांश समय पुरानै हेयरस्टायलमा रमाउँछन् । हेयरस्टाइलमा परिवर्तन गर्दा तपाईं भर्खरको मात्रै देखिनुहुन्न, आफ्नो आत्मविश्वास पनि बढेको अनुभव गर्नुहुनेछ । ४. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् । ५. भिटामिन सीयुक्त खानेकुरा पर्या...