Sunday, July 21

Tag: जयबागेश्वरी

जयबागेश्वरी मन्दिरभित्र भेटियो अर्को मन्दिर, पुरातत्त्विक क्षेत्रमा हलचल
समाचार

जयबागेश्वरी मन्दिरभित्र भेटियो अर्को मन्दिर, पुरातत्त्विक क्षेत्रमा हलचल

काठमाडौं : जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका क्रममा गजुरमुनिको दोस्रो तलामा तीन गजुर भएको छुट्टै मन्दिर फेला परेको छ । जयबागेश्वरी तहबिलका पचली नाइके विनोद वैद्यका अनुसार यो तीनवटा गजुर पहिला कहिल्यै देखिएको थिएन । यहाँ जयबागेश्वरीका पुजारी जाने कतै ठाउँ पनि थिएन । मन्दिरभित्रै तीन गजुर भएका देवता छन् भन्ने कसैलाई अत्तोपत्तो नै थिएन । धातुको तीनवटा गजुर भएको यो स्थान मन्दिर पुनःनिर्माणका क्रममा उदाङ्गो भएपछि पुरातत्त्विक क्षेत्रमा पनि यसले हलचल ल्याएको छ । पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार मन्दिरभित्र यो प्रकृतिको संरचना आश्चर्यसाथ अध्ययन भइरहेको छ । अध्ययनमा पुरातत्त्व विभागको एक टोली खटिएको छ । सो टोलीले शुक्रबार स्थलगत अध्ययन गर्‍यो, अवलोकनमा आएकाले पनि अनौठो भनेका छन् । मन्दिर बनाउँदा इँटा र माटो जोडाइमा पहेंलो माटो प्रयोग हुनलाई मात्र आश्चर्य मानिँदै आएको थियो । “अह...