Sunday, July 21

Tag: छुवाछूत

छुवाछूत : कानून छ, कार्यान्वयन छैन   
समाचार

छुवाछूत : कानून छ, कार्यान्वयन छैन   

सुशील दर्नाल     लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरे । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोड यतिबेला न्यायका लागि काठमाडौंमा भौँतारिरहेको छ । विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मार्ने धम्की दिएपछि कमलको जोड अहिले काठमाडौँमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा अहिलेसम्म सुनुवाइ भएको छैन । “सम्बन्धित सबै निकायमा उजुरी पनि दिएको छ, तर कहीँकतैबाट सुनुवाइ हुँदैन, हामीलाई मार्नेसम्मको धम्की आएको छ”, कमलले भन्नुभयो । अन्तरजातीय विवाह गरेका जाजरकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेअि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । कमल र गणेशको जोडी जस्तै अन्तरजातीय विवाह गरेका कारण समाजबाट विस्थापित हुँदै ज्यान जोगाउँदै न्याय खोज्ने धेरै जोडीहरु छन् । गैरदलित किशोरले दलित समुदायकी किशोरीसँग विवाह गरेर बिचल्लीमा पारि...