Wednesday, April 17

Tag: च च हुई

‘च च हुई’ को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक [भिडियो]
मनाेरञ्जन

‘च च हुई’ को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक [भिडियो]

काठमाडौं : राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’च च हुई’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ’सिल्की सिल्की बाल’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् । फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक गीतलाई मुस्ताङको छुसाङ्गमा छायाँकन गरिएको हो। गीतमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्ममार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरु...