Friday, April 12

Tag: चीन

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक
विश्व

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक

चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरी सहरको दुई करोड ५० लाख जनसंख्यामा लागू गरेको छ । साङ्घाइमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । साङ्घाइमा देखिएको कोभिड–१९ संक्रमणदर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्रसमेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस संक्रमणको नयाँ लहरसँग संघर्षरत छ । अधिकारीहरूले कोरोनाभाइरसको संक्रमणदर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् । साङ्घाईले...
चिनियाँ विदेशमन्त्री आज काठमाडौं आउँदै
प्रमुख समाचार, समाचार

चिनियाँ विदेशमन्त्री आज काठमाडौं आउँदै

चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय वार्ता हुनेछ । नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।...
बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो
विश्व

बेइजिङमा धूमपान गर्नेको संख्या घट्यो

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ । मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्यांकअनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूमपान गर्नेहरूको संख्या ७३ हजारले घटेको छ । दोस्रो व्यक्तिले गरेको धूमपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्यांकमा उल्लेख छ । धूमपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ । बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूमपान निषेध गरेको हो ।...
टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै
खेलकुद, समाचार

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ । यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ कास्यका साथ आठौँँ, इटली छ स्वर्ण...
चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने, काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण
प्रमुख समाचार

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने, काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण

चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले इन्सिडेण्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए । उनले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनब...
चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण
समाचार

चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

काठमाडौं : यस वर्ष चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।  “आज हामी यहाँ बसेर सन् २०१९ मा चीनमा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीहरूलाई बिदा गर्दैछौँ”, यस वर्ष चीन सरकारको छात्रवृत्ति पाएर चीन जान लागेका नेपाली विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौले भन्नुभयो, “चीन सरकारको छात्रवृत्ति पाएका विद्यार्थीहरूले छात्रवृत्तिको सही उपयोग गरेर नेपाल–चीन सम्बन्धलाई थप गौरवमय बनाउनुहुनेछ, चीनमा पाएको शिक्षालाई स्वदेश फर्केर राष्ट्रिय निर्माण र चीन–नेपाल मैत्रीपूर्ण सम्बन्धको विकास गर्नेमा म विश्वस्त छु ।” सो अवसरमा नेपालका लाग...
बेल्ट एण्ड रोड फोरम : विश्वव्यापीकरण दोस्रो संस्करण
विश्व

बेल्ट एण्ड रोड फोरम : विश्वव्यापीकरण दोस्रो संस्करण

काठमाडौं : चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर (राष्ट्रिय सभा केन्द्र) मा आयोजना हुने यस मञ्चमा यस वर्ष रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, सिंगापुरका प्रधानमन्त्री ली सिन लुङ, अस्ट्रेलियाली चान्सलर सबास्टियन कुर्ज, ग्रिसेली प्रधानमन्त्री अलेक्सी सिप्रास, हङ्गेरियाली प्रधानमन्त्री भिक्टर अर्बन, इटालेली प्रधानमन्त्री गिसेप कोन्ट तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भाग लिने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीलाई उद्धरण गर्दै रसियाली समाचार संस्था तास तथा सिङ्गापुरको स्ट्रेट्स टाइम्सले दिएको ज...