Wednesday, April 17

Tag: चिया

एक किलो चियाकै ३५ हजार, कसरी बन्छ?
समाचार

एक किलो चियाकै ३५ हजार, कसरी बन्छ?

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत थपिँदै गएका छन् । यहाँका कारखानामा चिया प्रशोधन गरिन्छ र तयारी चियाका रूपमा बजारमा पुर्‍याइन्छ । यो तयारी चियाको मूल्य कति हुन्छ भन्ने चाहिँ हामीले अनुमान गर्नसमेत गाह्रो हुन्छ । कुनै चिया यतिसम्म महँगो हुन्छ कि जो कोही स्वदेशी ग्राहकले किन्नसमेत सक्दैनन् । इलामको जस्बीरे टी प्रशोधन उद्योगमा बन्ने एक प्रकारको चियालाई किलोकै रु ३५ हजारसम्म पर्छ । कसरी बन्छ? यो प्रकारको चियाले स्वदेशभन्दा पनि विदेशमा बढी बजार पाउने गरेको छ । 'हामी कहाँ ग्लोमिन टी प्रकारको चिया चाहिँ रु ३५ हजार किलोसम्म बेच्ने गरिन्छ' उद्योगका सञ्चालक शरद सुब्बाले भने, 'यो चिया विदेशमा भने हारालुछ शैलीमा बिक्छ ।' उनका अनुसार यो चिया बनाउनका लागि पनि निक्कै ...