Sunday, July 21

Tag: चिकित्सक

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण, ६ महिनाको अनुसन्धानबाट खुल्यो पोल, चिकित्सकसहित १२ पक्राउ
प्रमुख समाचार, समाचार

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण, ६ महिनाको अनुसन्धानबाट खुल्यो पोल, चिकित्सकसहित १२ पक्राउ

नारायण ढुङ्गाना काठमाडौं, २८ असार : कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मुद्दा चल्छ । उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो । उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल ...