Saturday, April 20

Tag: ग्लोबल आइएमई

ग्लोबल आइएमई र नारायणी बयोधा अस्पतालबीच सम्झौता
प्रविधि

ग्लोबल आइएमई र नारायणी बयोधा अस्पतालबीच सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लि. र नारायणी बयोधा अस्पताल प्रालिबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको वीरगञ्ज शाखा प्रमुख राकेश ज्ञवाली र नारायणी बयोधा अस्पताल प्रालिका तर्फबाट अस्पतालका मानव संशाधन प्रबन्धक अशु शर्माले हस्ताक्षर गरे। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थासँग समन्वय गरी यस्ता योजना ल्याउने गरेको छ। उक्त सम्झौतापश्चात नारायणी बयोधा, वीरगञ्जमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन्। बैंकले १४५ वटा शाखा, ३० वटा एक्सटे...