Sunday, July 21

Tag: गोसाइँकुण्ड

गोसाइँकुण्डसम्म केबुलकार निर्माणका लागि सरकार सकारात्मक
समाचार

गोसाइँकुण्डसम्म केबुलकार निर्माणका लागि सरकार सकारात्मक

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पवित्र धार्मिकस्थल गोसाइँकुण्ड केबुलकार निर्माणमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । वन्यजन्तुको संरक्षणमा जागरण ल्याउने उद्देश्यले रसुवामा आज आयोजित वन्यजन्तु सप्ताहअन्तर्गत दशौँ रेडपाण्डा दिवस एवं सातौँ लाङ्टाङ पर्यटन संरक्षण उत्सवको समापन कार्यक्रममा मन्त्री बस्नेतले गोसाइँकुण्ड केबुलकार निर्माणका व्यावहारिक पक्षमा लान सहजीकरणका लागि आफूले सहयोग गर्ने बताउनुभयो । राज्यले के दिन्छ भन्नुभन्दा देशलाई समृद्ध बनाउन हामीले के योगदान दिनुपर्छ भन्ने भावनाको विकासमा अग्रसर हुन आग्रह गर्दै मन्त्री बस्नेतले वातावरणमैत्री विकासमा हुने अप्ठ्यारा समयसापेक्ष सुधार गर्दै अगाडि बढ्ने र अबका दिनमा वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० को कार्य मन्त्रालयस्तरबाट ५० दिन भित्रै स्वीकृति हुने बताउनुभयो । विश्वमै दुर्लभ रहेको रेडपाण्डा, विश्वसम्पदा सूचीमा सूचीकृत पवि...