Thursday, May 23

Tag: गोपी

सर्वोत्कृष्ट चलचित्र ‘गोपी’मा के छ ?
समाचार

सर्वोत्कृष्ट चलचित्र ‘गोपी’मा के छ ?

चलचित्र विकास बोर्डद्वारा आयोजित यस वर्षको राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत चलचित्र ‘गोपी’ले सर्वोत्कृष्ट चलचित्र र लेखनमा पुरस्कार पायो । चलचित्र ‘बुलबुल’का निर्देशक विनोद पौडेलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाउनुभयो । निर्देशक दीपेन्द्र लामाले निर्देशक पौडेलसँगै खुसी साटेको फोटो सेयर गर्दै फेसबुकमा लेख्नुभयो, ‘२०७४ सालमा ‘घामपानी’ले राम्रै समीक्षा पाएको थियो । ७५ मा ‘गोपी’चाहिँ त्यति प्रशंसित भएन । तर, ७४ सालको नेसनल अवार्डमा ‘घामपानी’ले एउटै पनि अवार्ड पाएन, ७५ मा ‘गोपी’ले उत्कृष्ट चलचित्र र लेखन विधामा अवार्ड पायो ।’ निर्देशक लामा आफूलाई ‘७५ मा ‘बुलबुल’ र ‘हरि’ मन परेका फिल्म हुन् भन्नुहुन्छ । तर, अवार्डको निर्णय गर्न फरक–फरक पृष्ठभूमिका पाँचजना व्यक्तित्वलाई खटाइएको हुन्छ । उहाँहरूका आ–आफ्नो स्वाद, बुझाइ र आदर्श हुन्छन् । ती सबैको मन्थनबाट नै विजेताको छनोट हुने हो । त्यसैले ७४/७५...