Sunday, September 8

Tag: गैँडा

मृत गैँडामध्ये १९ को हाडखोर मात्रै
समाचार

मृत गैँडामध्ये १९ को हाडखोर मात्रै

नारायण अधिकारी/रासस चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन्। चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन्। तीमध्ये १९ वटाको कुहिएका कारण लिंग पहिचान हुनसमेत सकेको छैन। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिंग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन्। तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए। घिमिरेको भनाइमा लिंगसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरूमा मरेका गैँडा हुन्। उनले भने, 'एक वर्षमा २२/२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ।' यस वर्ष मृत संख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण संख्या बढि भएको उनले बताए। घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटक-पटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कार...