Friday, July 12

Tag: गुर्जो

गुर्जोबारे जानकारी : लाभ र प्रयोग
शिक्षा, स्वास्थ्य

गुर्जोबारे जानकारी : लाभ र प्रयोग

घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडीबुटी हो गुर्जो, जसलाई अमृता (यसले अमृत समान काम गर्दछ) भनिन्छ । यसको लहरा लामो समयसम्म नसुक्ने हुन्छ । लाभहरू: १. गुर्जो शीतल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात- खुट्टा तथा जिउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ । २. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ । ३. किड्नीको दुर्बलता तथा फोहोर -विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पूर्ण समस्या (रोग) हरुमा धेरै लाभ पुऱ्याउँदछ । ४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरूमा गुर्जो लाभकारी छ । ५. रक्तविकार (रगतको फोहोर खराबी) हटाउँदछ साथै रक्तअल्पता (रगतको कमी) हुन दिँदैन् । ६. अम्लपित्त-अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ । ७. टिबी (क्षयरोग) का कीटाणुहरूलाई समेत गुर्जोले रोक्ने काम गर्दछ । ८. गुर्जो इम...