Sunday, July 21

Tag: गुगल अर्थ

 रोचक / कसरी काम गर्छ गुगल अर्थले
रोचक

 रोचक / कसरी काम गर्छ गुगल अर्थले

गुगल अर्थ’ एक भौगोलिक नक्सांकन प्रोग्राम हो । यसले पृथ्वीको बृहत् नक्सालाई ठूलोदेखि सानो भागसम्म देखाउने काम गर्छ । भूउपग्रह र आकाशबाट खिचिएका अर्बौँ तस्बिरलाई यसले एकबद्ध गरेर राख्ने गर्छ, जसले प्रयोगकर्ताले चाहेको जस्तो तस्बिर, नक्सा र भौगोलिक अवस्थाबारे देखाउन सक्छ । यसले प्रयोगकर्ता जोसुकै हुन्, अपरिचित भौगोलिक अवस्था, पर्यावरणीय विशेषता र इतिहासबारे जानकारी उपलब्ध गराइदिन्छ । यो डिजिटल नक्सांकन यन्त्रको सहयताबाट सरकार, निजी क्षेत्रका संघ–संगठन र व्यक्तिगत रूपले धेरै लाभ लिएका छन् । यसबाट अनगिन्ती डाटाहरू उपलब्ध हुन सक्ने भएकाले प्रयोगकर्ताको ज्ञानको भण्डारसमेत बनिदिएको छ । यो कसले बनायो ? सुरुमै हामीले गुगल अर्थका रूपमा सुन्दै आए पनि यसको अवधारणा भने गुगलले ल्याएको होइन । सुरुमा यो ‘इन्ट्रिन्जिक ग्राफिक्स’ नामक कम्पनी जो गेमका प्रोग्रामहरू बनाउँथ्यो, उसले नै बनाएको हो । पछि यही कम्पनी...