Sunday, July 21

Tag: गाई

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क
प्रमुख समाचार

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

बाँके : आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । 'ब्याड त राखेका छौँ', जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भने, 'सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन ।' असार पहिलो साता पानी परेपछि ब्याड राख्न शुरु गरेका किसानले असार १५ सम्म रोपाइँको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशुचौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसान ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् । शनिबार करीब ४० डिग्रीको हाराहारीको तापक्रमको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारी हातमा लठ्ठी लिएर खेतको छेउमा उभिएका थिए । अन्सारीले भने, 'एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहर...