Thursday, April 18

Tag: गाइ पालन

गाई पाल्दा ५० लाख स्वाहा ! दूध नबिकेपछि गोठ भत्काउँदै
समाचार

गाई पाल्दा ५० लाख स्वाहा ! दूध नबिकेपछि गोठ भत्काउँदै

झापा : पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ  । झापाको कनकाई नगरपालिकास्थित  सुरुङ्गाका लीला चिमरिया, हरि कार्कीलगायतले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको छ । गाईपालन व्यवसाय सञ्चालन गर्दा मनग्य आम्दानी हुन्छ भन्ने सुनेकै भरमा यो व्यवसायमा लगानी गर्नुभएका उहाँहरुले घाटा मात्र व्यहोर्नु परेन नजानेको काममा हात हाल्दा असफल होइदोरहेछ भन्ने पाठसमेत सिकाएको चिमरिया बताउँछन् ।  “सूर्योदय कृषि फार्म दर्ता गरेर पाँच वर्षअघि कनकाइ नगरपालिका– २ स्थित सुरुङ्गामा हामी पाँच युवाले रु १०/१० लाख लगानी गरी गाई पाल्न शुरु गरेका थियौँ”...