Thursday, May 23

Tag: गर्मी मौसम

आज हावाहुरीसहित वर्षाको हुने
समाचार

आज हावाहुरीसहित वर्षाको हुने

काठमाडौं : शुक्रबार देशको पहाडी भू–भागहरूमा आंशिक र अपरान्हपछि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थान तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ । यस्तो छ आगामी तीनदिनको मौसमी पूर्वानुमान : जारी मिति : जेष्ठ १० गते (शुक्रबार), बिहान   ६:०० बजे  जेष्ठ १० गते (शुक्रबार): दिउँसो:  देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही  देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी  क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाक...
गर्मी मौसममा शक्ति प्रदान गर्ने ५ तरकारी
समाचार

गर्मी मौसममा शक्ति प्रदान गर्ने ५ तरकारी

गर्मी मौसममा खानपानमा अलिकति पनि लापरवाहीले बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ । १. लौका लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ । २. प्याज गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ ...
गर्मी मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा
शिक्षा

गर्मी मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा

गर्मी याममा दिउँसो घाम चर्कने गर्छ । कतिपयलाई गर्मी याम मन नपर्नुको कारण घाम चर्कनु हो । किनकि घामले शरीरमा असर गरिरहेको हुन्छ । घामका कारण शरीरमा विभिन्न किसिमका एलर्जीहरू देखापर्न थाल्छन् ।  छाला सुक्खा हुने, डड्ने, फुस्रो हुने, रातो हुने लगायतका समस्याहरूका कारण गर्मी बढेसँगै यो चिन्ताको विषय हुनसक्छ । घाममा पाइने अल्ट्रा भायोलेटले गर्दा छालामा असर गरिरहेको हुन्छ। चिकित्सकहरूका अनुसार घाममा हुने अल्ट्राभायोलेट ‘बी’ ले अल्पकालीन रुपमा सुक्खा हुने, डड्ने, फुस्रो हुने,  रातो हुने, चिलाउने र एलर्जी हुने गर्दछ भने दीर्घकालीन रुपमा छालामा पोतो आउने, डन्डिफोर आउने जस्ता समस्या देखिन्छ।जसले गर्दा हाम्रो छाला नराम्रोसँग प्रभावित हुने गर्दछ। अझ अनुहारको छालामा घामले अत्याधिक असर गर्दछ । कसरी जोगाउने घाममा छाला ? स्वास्थ्य चिकित्सकहरूको अनुसार १० देखि २ बजे सम्मको घाममा धरै हिँड्दा अधिक मात्रामा छ...