Thursday, May 23

Tag: गर्भपतन

दक्षिण कोरियामा गर्भपतन फुकुवा   
विश्व

दक्षिण कोरियामा गर्भपतन फुकुवा   

दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ। संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो। विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ। बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा बाहेक अरु असुक्षित यौन सम्पर्कबाट हुने गर्भलाई त्याग्न नपाइने यस कानुनले महिलाको स्वास्थ्यमा खतरा उत्पन्न गरिरहेको थियो। गर्भपतनमाथि प्रतिबन्ध लगाउने यो कानुन संविधान बमोजिम नरहेको भन्दै नौ सदस्यीय बेन्चमा दुई विरुद्ध सात सदस्यीय बेन्चले कानुन खारेज गरेको हो। बहुमतका आधारमा भएको यस आदेशमा अर्को वर्षभित्र कानुनमा संशोधन गर्न भनिएको छ। गर्भपतनलाई प्रतिबन्ध गर्ने हालको कानुनले महिलाको अधिकारलाई सम्मान गर्...
कति समयको भ्रुणको गर्भपतन गर्दा ठीक ?
प्रमुख समाचार, विश्व

कति समयको भ्रुणको गर्भपतन गर्दा ठीक ?

मियामी । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको 'मुटुको चाल' थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरूले नयाँ कानुन पारित गरेका थिए । अमेरिकी हलिउडका कलाकारहरूले गभर्नरको उक्त कदमका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । संयुक्तराज्य अमेरिकामा केही वर्षदेखि गर्भपतनको विषयले राजनीतिक रूप लिएको छ । केही अमेरिकी राज्यहरूले गर्भपतनलाई सीमित गर्ने प्रयास पनि गरेका छन् । गर्भपतनको पक्ष र विपक्षमा पूरै राजनीति बाँडिएको छ । जर्जियाको तल्लो संसदले 'मुटुको चालसम्बन्धी विधेयक' पारित गरेको थियो । यो कानुन अनुसार भ्रुणको पहिलो मुटुको चाल थाहा पाएपछि गर्भपतन गर्न पाइने छैन । सामान्यतया भ्रुणको मुटुको चाल ६ हप्तामा थाहा हुन्छ । कतिपय गर्भवती आमाहरूलाई ६ हप्तासम्ममा आफ्नो पेटम...