Sunday, July 21

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्‍न २५ हजार
समाचार

गण्डकी प्रदेशका कर्मचारीलाई घुम्‍न २५ हजार

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए । नेपालभित्र धेरै सुन्दर ठाउँ रहेकाले त्यस ठाउँको पर्यटन प्रवद्र्धन गर्न  कर्मचारीलाई ‘रिफ्र्समेन्ट’ पनि हुने भएकाले यो सुविधा प्रदान गर्न लागिएको मन्त्री लम्सालको भनाइ छ । उनका अनुसार घुम्न गएका कर्मचारीले नेपालभित्रका जुनसुकै स्थानमा जान पाउने र भ्रमणपछि उक्त स्थानको फोटो तथा भ्रमण प्रतिवेदन पेश गर्नुपर्नेछ । गण्डकी प्रदेशमा दुई हजार २०० कर्मचारीको दरबन्दी रहेकामा एक हजार ७०० कर्मचारी अहिले कार्यरत छन् । पर्यट...