Tuesday, July 16

Tag: गणेश बन्जाडे

आफ्नै बारीको तरकारी बेचेर करोडपति
जीवनशैली

आफ्नै बारीको तरकारी बेचेर करोडपति

प्रेमनारायण आचार्य अर्घाखाँची : 'चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिग्रेको मान्छे भनेर डाहा गर्थे ।  तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन' यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको । घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना कृषक बनेका छन् । सामान्य गरीब परिवारमा जन्मेका ५७ वर्षीय बञ्जाडे जेटिएको सरकारी जागीरसमेत छाडेर तरकारी खेतीमा लागे । अरुको दवावमा काम गर्नुपर्ने, पैसाका लागि महीना दिन कुर्नु पर्ने, चाहिएको बेला घर खर्च नचल्ने भएपछि उनमा जागीर छाडेर कुनै नयाँ काम गर्ने विचार पलायो  । महीना पुगेपछि पाइने तलबको जागीर भन्दा उत्पादनमूलक अर्को पेशा उपयुक्त हुन्छ भन्ने उनलाई लाग्यो । त्यतिखेर थालेको तरकारी खेतीले उनलाई अहिले मासिक लाखौं रुपैयाँको प्रत...