Friday, February 23

Tag: खाना

किन हामीले दिनमा तीन पटक खाना खानुपर्छ ?
जीवनशैली

किन हामीले दिनमा तीन पटक खाना खानुपर्छ ?

हाम्रो शरीरलाई उर्जा दिनको लागि खाना चाहिन्छ । खानाबिना हाम्रो शरीरले राम्ररी काम गर्न सक्दैन । त्यसैले जसले यो समस्याबारे पढेका छन् उनीहरुले हामीलाई सधैँ दिनको सुरुवात राम्रो नास्ताबाट गर्ने सल्लाह दिन्छन् । एउटा अध्ययनका अनुसार बिहान राम्ररी खाजा नखाई स्कूल जाने बच्चाहरुको दिन राम्रो नहुने गरेको बताएको छ । खाजा नखाई स्कूल जाने विद्यार्थीले राम्रोसँग पढाईमा ध्यान पनि दिन नसकेको कुरा बताएको छ । यस कुरामा धेरै विवाद भएपनि धेरैजसोले भने बिहान खाजा खाने नै सल्लाह दिन्छन् । यति मात्र होइन हामीले खाने खाना करिब ४ घण्टामा पचिसक्ने हुँदा हाम्रो शरीरलाई केही समयको अन्तरमा खान दिनुपर्छ । त्यही भएर कम्तीमा दिनको तीन पटक खानु जरुरी छ । यसले हामीलाई सँधै फुर्तिलो बनाइराख्न मद्दत गर्छ । यो प्रश्नको अर्को पाटो पनि हुन सक्छ । किन दिनको ३ पटक मात्र खाने रु त्यो भन्दा धेरै खायो भने के हुन्छ ? संसारमा धेरै ...