Friday, February 23

Tag: खाद्यान्न दुवानी

हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै   
समाचार

हवाई कम्पनीले आनाकानी गरेपछि स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै   

प्रकाश सिलवाल     काठमाडौं : पर्यटकीय मौसमको बहानमा एयरलाइन्स कम्पनीहरुले खाद्यान्न ढुवानी गर्न आनाकानी गरेपछि नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका केही जिल्लाका लागि चीनको खासा हुँदै स्थलमार्गबाट ढुवानीको तयारी गरेको छ । खाद्यान्नभन्दा पर्यटक बोक्दा फाइदा हुने भएकाले हवाई कम्पनीले खाद्यान्न उठाउन छाडेर पर्यटक बोक्न थालेपछि संस्थानले स्थलमार्ग हुँदै स्थानीय तहसम्म पु¬¥याउन सहकारी संस्था परिचालनको विकल्प अघि सारेको हो । कैलाश मानसरोवर, लुक्ला र अन्य प्रदेशका पर्यटकीय क्षेत्रमा भारतीय र नेपाली पर्यटकबाट जहाज भरिभराउ हुन थालेपछि विमान कम्पनीले ढुवानी भाडादर बढाउनुपर्ने भन्दै आनाकानी गर्दै आएका थिए । खाद्य संस्थानले स्थलमार्गमार्फत काठमाडौँदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको खासा हुँदै हुम्लाको सिमीकोटसम्म खाद्यावस्तु ढुवानीका लागि पाँचौँपटक बोलपत्र आह्वान गरेको छ । यही जेठ ४ गते आह्वान...