Friday, February 23

Tag: क्रिप्टोकरन्सी

वर्महोलमा साइबर हमला, चोरियो ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी
विश्व

वर्महोलमा साइबर हमला, चोरियो ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी

साइबर अपराधीको पहिलो रोजाइ क्रिप्टो क्षेत्र बनेको छ । विगत ६ महिनाको तथ्यांक हेर्दा धेरै ठूला क्रिप्टो फर्महरू साइबर आक्रमणमा परेका छन् । अहिले वर्महोल नामको क्रिप्टो फर्ममा ठूलो साइबर हमला भएको छ । यो साइबर हमलामा ३२२ मिलियन डलरको क्रिप्टोकरेन्सी चोरी भएको बताइएको छ । कम्पनीले ट्विटरमार्फत यस ह्याकिङमा इथर क्रिप्टो चोरी भएको पुष्टि गरेको छ । कम्पनीले जुन लुप होल प्रयोग गरी ह्याकिङ भएको हो त्यो अब समाधान भइसकेको जनाएको छ । ह्याकरका बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । वर्महोल पोर्टलले मानिसहरूलाई एउटा क्रिप्टोकरेन्सीबाट अर्कोमा साट्ने सुविधा दिन्छ । वर्महोल इथेरियममा आधारित स्मार्ट कन्ट्रयाक्समा आधारित रहेर काम गर्दछ । त्यस्ता पोर्टलहरूलाई ब्लकचेन ब्रिज भनिन्छ । वर्महोलले ह्याकरसँग सम्झौता गर्न तयार रहेको बताएको छ । कम्पनीले सम्पूर्ण क्रिप्टोकरेन्सी फिर्ता गर्न १ करोड डलर...
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एकै घरका तीन जनाविरुद्ध मुद्दा, ३७ करोड बिगो माग
प्रविधि, समाज

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एकै घरका तीन जनाविरुद्ध मुद्दा, ३७ करोड बिगो माग

नेपालमा प्रतिबन्ध गरिएको क्रिप्टोकरन्सीको कारोबार गरेको आरोपमा एक परिवारका तीनसहित चार जनाविरुद्ध मुद्दा दाय भएको छ । राजस्व अनुसन्धान विभागले कैलालीको लम्किचुवा–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल बस्ने दिनेश खड्का, उसकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेशकी साथी अनिता धितालविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले विभिन्न मोबाइल एप्लिकेसनको प्रयोग गरेर ३७ करोड बढी (३१ लाख २७ हजार बढी अमेरिकी डलर) को अवैध कारोबार विभागले जनाएको छ । उनीहरूले मिलेमतोमा अनलाइनमार्फत अवैध रुपमा डलरको कारोबार गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राष्ट्र बैंकले जारी गरेको सूचनाविरुद्ध कसुर गरेको दाबीसहित विभागले ३७ करोड ६४ लाखभन्दा बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ । विभागले दायर मुद्दामा बिगो जफत गरी ती...