Wednesday, April 17

Tag: क्यामेरा

क्यामरा युद्ध : २०२१ सम्ममा ५०% बढी फोनमा तीनभन्दा बढी क्यामरा हुने
समाचार

क्यामरा युद्ध : २०२१ सम्ममा ५०% बढी फोनमा तीनभन्दा बढी क्यामरा हुने

अहिले स्मार्ट फोन कम्पनीहरूबीच क्यामरा युद्ध चलिरहेको छ। प्रयोगकर्तालाई लोभ्याउन स्मार्ट फोन निर्माताहरूले फरकफरक किसिमका क्यामरा र एउटै फोनमा धेरै क्यामरा भएका फोनहरू सार्वजनिक गरेका छन्। काउन्टर प्वइन्ट रिसर्चले क्यामरा युद्धलाई मध्यनजर गर्दै सन् २०२१ सम्म विश्वभर बिक्री हुने स्मार्ट फोनमध्ये ५० प्रतिशतमा तीनवटा वा त्यसभन्दा अधिक क्यामरा जडान हुने अनुमान गरेको छ। २०१९ मा ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरिङ (OEMs) यहि परम्परालाई अगाडि बढाउँदै छ। हालै लन्च भएका ट्रिपल क्यामरावाला स्मार्ट फोनलाई ग्राहकहरूले खुबै मनपराएका थिए। त्यसैले पछिल्लो समय तीनवटा क्यामरा भएका फोनहरू धेरै मात्रामा लन्च हुन थालेका छन्। काउन्टर प्वाइन्ट रिसर्चका सिनियर एनालिस्ट (डिभाइस एन्ड इकोसिस्टम) हनिष भाटियाका अनुसार संसारभरी बिक्रीहुने फोनहरू मध्ये सन्२०१८ मार्चको तथ्यांक हेर्दा तीन वा सोभन्दा धेरै क्यामरा भएका फो...