Sunday, July 21

Tag: क्यान

अपराजित रहँदै नेपालले जित्यो त्रिदेशीय शृंखलाको उपाधि
खेलकुद

अपराजित रहँदै नेपालले जित्यो त्रिदेशीय शृंखलाको उपाधि

फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र जोड्न सक्यो । यो सन्दीपको कप्तानीमा नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । पीएनजीका सेसे बाउले अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितसम्म डोहोर्‍याउन सकेनन् । बाउले ३८ बलमा एक चौका र ६ छक्कासहित ५९ रन बनाए । यसबाहेक पीएनजीको खातामा ओपनर चार्ल्स एमिनीले १५ बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पिएनजीलाई सस्तैमा समेट्न दीपेन्द्रले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा मात्र १८ रन खर्चिए । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो उत्कृष...
राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण : ६ खेलाडीको पिसिआर नेगेटिभ ९ को परीक्षण तयारी
खेलकुद

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण : ६ खेलाडीको पिसिआर नेगेटिभ ९ को परीक्षण तयारी

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुुरु भएको हो । त्रिवि मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परीक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो । आइतबार राति मात्र होटल पुगेका ६ जना खेलाडीको पिसिआर परीक्षणको रिपोर्ट नआएका कारण होटलमै छन् । कप्तान सन्दीप लामिछाने भने बिग व्यास लिगको लागि अष्ट्रेलियामामा छन् । बाँकी नौ खेलाडीको पनि पिसिआर परीक्षणको तयारीमा रहेको क्यानले जनाएको छ । बन्द प्रशिक्षणमा परेका खेलाडीमा कप्तान लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, ...