Saturday, April 20

Tag: कोरोना भाइरस

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक
विश्व

चीनको साङ्घाइका २ करोड ५० लाख जनतालाई घर बाहिर निस्कन रोक

चीनले साङ्घाइमा जारी निषेधाज्ञालाई थप विस्तार गरी सहरको दुई करोड ५० लाख जनसंख्यामा लागू गरेको छ । साङ्घाइमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो । साङ्घाइमा देखिएको कोभिड–१९ संक्रमणदर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । साङ्घाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्रसमेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस संक्रमणको नयाँ लहरसँग संघर्षरत छ । अधिकारीहरूले कोरोनाभाइरसको संक्रमणदर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधानअन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् । साङ्घाईले...
पुरुषको यौन स्वास्थ्यमा कोरोना भाइरसको गम्भीर प्रभाव
स्वास्थ्य

पुरुषको यौन स्वास्थ्यमा कोरोना भाइरसको गम्भीर प्रभाव

प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ।  यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ। टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका  मामिला बढेको छ। यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको छ। यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्ट्रेट, लिङ्ग, तथा टेस्टिकल्समा इनफेक्शन भएको २ हप्ता पछि सार्स-सीओवी-२ भाइरसका अवशेष पाइएको छ। १४ दिन पछि...
परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना संक्रमण
जीवनशैली, समाचार

परीक्षणमध्ये ६० प्रतिशतमा कोरोना संक्रमण

काठमाडौं महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस संक्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा संक्रमण देखिन थालेको कमपाको भनाइ छ । कारोना बढेकाले नै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । संक्रमण बढे पनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामी नआएको र आए पनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टाइन स्थल यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ । 'हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ',...
ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्
शिक्षा

ओमिक्रोन भेरियन्टलाई पाँच सवाल-जवाफबाट बुझ्नुहोस्

१. ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ? ओमिक्रोन भेरियन्ट #COVID19 को सबैभन्दा पछिल्लो भेरियन्ट हो । यो भेरियन्ट अहिले नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ । २. के ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक छ ? यो भेरियन्ट देखापरेको मुलुकहरूमा संक्रमण दर ह्वातै बढेको छ । तर, यो ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन र यस बारे थप अध्ययन भइरहेको छ । ३. के कोभिड-१९ विरुद्धका खोपहरू ओमिक्रोन भेरियन्ट विरुद्ध पनि प्रभावकारी छन् ? ओमिक्रोन भेरियन्ट धेरै छिटो फैलिन सक्ने भेरियन्टका रूपमा देखा परेको छ । हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरू यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरू अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन । ४. पहिले कोभिड-१९ संक्रमण भइसकेकालाई ओमिक्रोन भेरियन्टको सं...
संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे
जीवनशैली

संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौँ, सतर्क बनौँ : रवीन्द्र पाण्डे

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीव्र भए पनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ | रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परीक्षण गरेपछि रिपोर्टअनुसार उपचार हुन्छ | ओमिक्रोन घाँटीमा रहने, त्यही रेप्लिकेसन हुने तथा त्यहीँ नष्ट हुने प्रजाति हो | न्यून रूपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ | लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो | सरकारसँग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडा-वडामा निःशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूल...
एक सातामै थपिए ३८ हजारभन्दा बढी संक्रमित
समाचार

एक सातामै थपिए ३८ हजारभन्दा बढी संक्रमित

पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो एक हप्ताको तथ्यांकअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ संक्रमण थपिएका हुन् । यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने संख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो संख्या बढेर आज ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्र...
ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?
प्रमुख समाचार

ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?

कोरोना भाइरसको परीक्षणका लागि नाकबाट भन्दा मुखबाट नमुना लिँदा राम्रो नतिजा आउने अनुसन्धानबाट पत्ता लागेको छ । यसो गर्दा भाइरस पनि चाँडै पत्ता लगाउन सकिने अनुसन्धानबाट खुलेको हो । युनिभर्सिटी अफ मेरिल्याण्डका अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टनले गरेका केही अनुसन्धानका आधारमा यस्तो दाबी गरिएको हो । कोरोना भाइरस सबैभन्दा पहिले मुख र घाँटीमा देखा पर्ने उनको भनाइ छ । डा. मिल्टन र उनको टिमले कोरोना परीक्षणका लागि उपयुक्त विधि पत्ता लगाउनका लागि यो अनुसन्धान गरेका थिए । अनुसन्धानका लागि लक्षण देखिनुअघि नै कोरोना संक्रमितको नाक र मुखबाट नमुना लिइएको थियो । ल्याब परीक्षणका क्रममा नाकबाट लिइएको भन्दा मुखबाट लिइएको नमुनामा तीन गुणा बढी भाइरस भेटिएका थिए । साथै, मुखबाट लिइएको नमुनाले धेरै कोरोना पोजिटिभ नतिजा दिएको थियो अर्थात् नाकबाट लिएका नमुनाको तुलनामा १२ गुणा भाइरस भेटिएको थियो । डा. रोबी सिक्...
लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?
जीवनशैली

लक्षण नदेखिएका ओमिक्रोन संक्रमितबाट कोरोना सर्छ कि सर्दैन ?

दक्षिण अफ्रिकामा भएका दुई अध्ययनबाट लक्षण नदेखिएका संक्रमितमार्फत ओमिक्रोन भेरिएन्ट सर्ने दर अत्यधिक रहेको देखिएको छ। यसअघिको भेरियन्टको तुलनामा ओमिक्रोनको एकजनाबाट अर्काेमा सर्ने दर अत्यधिक हुनुमा यही कारण जिम्मेबार हुन सक्ने देखिएको छ। ओमिक्रोनको अत्यधिक प्रसारण भएका बेला गरिएको एक अध्ययन र उही समयमा गरिएको एक अर्काे अध्ययनको प्रारम्भिक नतिजाले कोरोना पोजेटिभ देखिएका अत्यधिकमा रोगको लक्षण नभएको पाइएको छ। एचआइभी एड्स संक्रमितमा मोडर्ना खोपको प्रभावकारिता अध्ययन गर्न दक्षिण अफ्रिकाको उवन्तु प्रान्तमा २३० जनामा गरिएको एक परीक्षणमा ३१ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। ‘ओमिक्रोन कालखण्डअघि १ देखि २.४ प्रतिशत पोजिटिभिटी दर देखिएकोमा उवन्तुको अध्ययनले त्यसभन्दा फरक नतिजा देखाएको छ,’ अनुसन्धानकर्ताले एक वक्तव्यमा भनेका छन्। यसैगरी जोन्सन एन्ड जोन्सन खोपको प्रभावकारिता अध्ययन गर्न सि...
कोरोना संक्रमण बढेसँगै सार्वजनिकस्थलमा गरियो कडाइ
प्रमुख समाचार

कोरोना संक्रमण बढेसँगै सार्वजनिकस्थलमा गरियो कडाइ

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । पछिल्ला केही दिनयता कोरोनाका नयाँ संक्रमितको संख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो । कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनसंख्या बढी छ । उक्त स्थानमा संक्रमणदर पनि बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउने, सावधानी अपनाउनका लागि ३२ वटै वडाका विभिन्न स्थानमा माइकिङ गर्नेजस्ता काम सुरु गर्न थालेको छ । मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न पनि आह्वान गरिएको छ । कामपाको आग्रहलाई बेवास्ता गरी संक्रमण बढाउन सहयोग गरे थप कारबाही गर्ने कामपा सहरी स्वास्थ्य विभागका हेल्थ असिस्टेन्ट ऋषि भुसालले जानकारी दिए । 'एकातिर सङ्क्रमण कम गर्न जनचेतनामूलक कार्यक्रम गरिएको छ भने अर्कातिर खोप लगाउन...
खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्यूएचओ
प्रमुख समाचार, समाचार

खोप नलगाएकालाई ओमिक्रोन ‘खतरनाक’ भाइरस : डब्ल्यूएचओ

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिका लागि 'खतरनाक' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् । 'यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस हो । तर, विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,' टेड्रोसले कोभिड-१९ बारेको पत्रकार सम्मेलनमा भने । उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहनसमेत आग्रह गरे । डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने 'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी मानिसले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ । हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं ।' 'हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्सअन्तर्गत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बरभन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्र...